पत्रकारसँग कहाँबाट आयो पौने २ करोड ?

एजेन्सी । भारतीय पत्रकार राना अयुबसँग सरकारले झण्डै दुई करोड रुपैयाँको स्रोत खोजेको छ । त्यहाँको सम्पत्ति शुध्दिकरण छानबिन निर्देशनालयले एक करोड ७७ लाख रुपैयाँको स्रोत देखाउन भनेको हो ।

उनको बैंक खातामा रहेको रकममध्ये उक्त रकमको स्रोत के हो भनी सोधखोज शुरु भएसङ्गै अयुबले प्रेस विज्ञप्ति जारी गरेकी छन् । मोदी सरकारका गलत निर्णय र कामहरुको विरोधमा निरन्तर आवाज उठाउँदै आएकी उनीमाथि सम्पत्ति शुध्दिकरणको डण्डा तेर्स्याएर आक्रमण हुन थालेको त्यहाँका पत्रकारहरुले बताएका छन् ।

उनले चन्दास्वरुप प्राप्त रकमको दुरुपयोग गरिएको भन्ने सरकारीे आरोपको खण्डन गरेकी छन् । केटो नामको चन्दा प्लेटफार्मबाट संकलित रकमको कुनै दुरुपयोग नगरिएको उनको दाबी छ ।

तर भारतको मुद्रा शुध्दिकरण इकाइले भने यो दाबी अस्वीकार गरेको छ । चन्दाको नाममा उठाइएको रकम व्यक्तिगत काममा खर्चनु गलत भएको निर्देशनालयको निश्कर्ष छ । उसले भनेको छ, ‘यसरी रकम संकलन गरिनु र निजी मामिलामा खर्चिनु आफैँमा मुद्रा शुध्दिकरणको उल्टो काम हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार