बाँकेमा एक जना कोरोना संक्रमितको मृत्यु

बाँके । बाँकेमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । खजुरा गाउँपालिका वडा नं. २ का २३ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे नेपालगञ्ज स्थित भेरी अस्पतालमा मृत्यु भएको हो ।

बाँकेका कोरोना फोकल पर्सन तेजबहादुर वलीका अनुसार मृतक पुरुषमालाई माघ २७ मा संक्रमण पुष्टि भएको थियो । २७ गते नै भेरी अस्पतालमा उपचाका लागि भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार नभएपछि उनको उपचारकै क्रममा मृत्यु भएको वलीले जानकारी दिनुभयो । वलीका अनुसार मृतक पुरुषले भेरोसेलको दुवै मात्राको खोप लगाएका थिए ।

यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ५१ पुगेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार