माघ पहिलो सातादेखि बन्द भएका सिनेमाहल आजबाट खुल्ने

काठमाडौं । कोरोना संक्रमणका कारण बन्द भएका सिनेमा हलहरु आजबाट खुल्ला हुने भएका छन् ।

जिल्ला प्रशाशन कार्यालयले १ फागुनबाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिएसँगै आजैबाट सिनेमा हलहरु सञ्चालनमा आउने भएका हुन् ।

कोभिड महामारी अन्तगर्तको ओमिक्रोन देखा परे पछि सरकारले माघ पहिलो साता देखी सिनेमाहल लगायतका सार्वजनिक स्थानमा भीडभाड कम गर्ने उदेश्यसहित बन्द गर्ने निर्णय गरेको थियो ।

सिनेमा हल खुल्ला गर्ने अनुमति पाएसँगै काठमाडौं उपत्यकाका सिनेमा हलहरुमा दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार