लुम्बिनी प्रदेशकाे स्थापना दिवस दाङमा मनाइदै

घाेराही । फागुन १ देखि ३ गतेसम्म विभिन्न कार्यक्रम गरी लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाइने भएकाे छ । तीन दिन दाङमा लुम्बिनी प्रदेश सरकारकाे स्थापना दिवस मनाइने भएको हाे ।

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार फागुन १ देखि ३ गतेसम्म विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउन लागिएको हाे ।

कोरोना जोखिमलाई ख्याल गर्दै स्थापना दिवसका अवसरमा कुनै ठूला कार्यक्रम भने नहुने र प्रतिकात्मक कार्यक्रम गरिने मन्त्री शर्माले बताए । स्थानीय तहबाट पनि स्थापना दिवसमा सहभागिता नगराइने मन्त्री शर्माले बताए ।

स्थापना दिवसकै अवसरमा प्रदेश सरकारले घोषणा गरेका विभिन्न पदक सीमित संख्यामा सहभागी गराएर वितरण गर्ने तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार