शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन वटा खेल

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । दुई वटा खेल दशरथ रङ्गशाला र एउटा खेल एन्फा कप्लेक्स सातदोबाटोमा हुनेछ ।

दशरथ रङ्गशालामा आज हुने पहिलो खेलमा मच्छिन्द्र फुटबल क्लब र च्यासल युथ क्लब खेल्दैछन् । खेला दिउँसो एक बजे सुरु हुने भएको छ ।

मच्छिन्द्र ९ खेलमा २३ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा ५ अङ्क रहेको च्यासल पुछारमा छ ।

दशरथ रङ्गशालामा आज हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लब बेलुका पौने पाँच बजे खेल्दैछन् । मनाङ ९ खेलमा १९ अङ्क जोडेर दोस्रो स्थानमा छ । थ्री स्टार १६ अङ्कसहित चौथो स्थानमा छ ।

यस्तै एन्फा कप्लेक्स सातदोबाटोमा दिउँसो एक बजे हुने खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब खेल्दैछन् । पुलिस १० अङ्क जोडेर दशौँ स्थानमा छ भने सातदोबाटो १२ अङ्कसहित सातौँ स्थानमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार