थप १ हजार ३६९ जनामा काेराेना संक्रमण पुष्टि, १२ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ८८० जनाको परीक्षण गर्दा कुल १,३६९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप २ हजार २३८ जना सङ्क्रमणमुक्त भएका छन् ।

यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट विहीबार थप १२ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोभिड-१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ८६४ पुगेको छ।

यसैगरि हाल देशभर २९ हजार ००४ जना सक्रिय संक्रमितहरु रहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार