एसईई परीक्षाको तालिका सार्वजनिक

काठमाडौं । आउँदो वैशाख ९ गतेदेखि हुने माध्यमिक शिक्षा परीक्षा एसईईको तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले २०७९ वैशाख ९ गतेदेखि एसइई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार बोर्डले बिहीवार वैशाख २० गते सक्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डले वैशाख ९ गतेदेखि २० गतेसम्म हुने परीक्षाको तालिका आज सार्वजनिक गरेको हो ।

तालिकाअनुसार पहिलो दिन ९ गते अनिवार्य अङ्ग्रेजी, अनिवार्य संस्कृत भाषा र साहित्य विषयको परीक्षा हुनेछ । यस वर्षको परीक्षामा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने अनुमान बोर्डले गरेको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।

हेर्नुहोस् तालिका :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार