हाइकिङका लागि पहाडमा पदमार्ग

देउखुरी । बजारनजिक हरित पार्क छ । त्यो चुरे पहाडको फेदीमा । अनि चुरे पहाडमा पुग्नको लागि गोरेटो बाटो छ । जुन बाटो पुरानो हो । यही बाटोलाई आधार मानेर पदमार्ग बनाउन थालिएको छ ।

लमही नगरपालिकाले नयाँ पर्यटकीय गन्तब्यको निर्माण गर्न पदमार्ग निर्माण गर्न थालेको छ । अजम्बरी सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रभित्र पदमार्ग निर्माण गर्न थालिएको र यसले पर्यटकहरुलाई आकर्षित गर्ने वन समितिका अध्यक्ष पवन शर्मा रिजालले बताउनुभयो ।

‘हरित पार्क छ । जहाँ धेरैबेर अडिन सकिन्छ । त्यसपछि चुरे पहाड जानु परेमा पदमार्ग बन्दैछ’– उहाँले भन्नुभयो– ‘यो पदमार्गबाट हरियाली नियाल्न सकिन्छ । बिहानको समयमा मर्निङवाक गर्न सकिन्छ । स्वास्थ्यका लागि पनि राम्रो हुन्छ ।’ पर्यटकलाई आकर्षण गर्न पदमार्ग निर्माण गर्न थालिएको छ ।

स्थानीय सरकारको लगानीमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत पदमार्ग निर्माण गरेर नयाँ पर्यटकीय गन्तब्यको खोजी गरिएको हो । साढे तीन किलोमिटर लामो पदमार्ग निर्माण गरिनेछ । अजम्बरी जैविक विविधता पार्क हुँदै लमही नगरपालिका वडा नं. १ सितलापुरसम्म पुग्ने गरी पदमार्ग निर्माण हुनेछ ।

एक सय दिनमा पदमार्ग निर्माण सक्ने लक्ष्यका साथ काम भइरहेको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक शरद पुरीले जानकारी दिनुभयो । ‘रोजगार सेवा केन्द्रमा सूचीकृत भएका अतिविपन्न वर्गका बेरोजगार व्यक्तिहरुलाई रोजगारी दिने र पदमार्ग तयार पार्ने उद्देश्यअनुरुप काम भइरहेको छ’– प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक पुरीले भन्नुभयो– ‘एक सय दिनको रोजगारी हो । पदमार्ग बन्यो भने पहाड नियाल्न पैदल निस्कन सकिन्छ । जसले गर्दा पर्यटन प्रबद्र्धनमा मद्दत पुग्छ भन्ने विश्वास लिएका छौं ।’

स्थानीय सरकारले नयाँ पर्यटकीय गन्तब्यको खोजी गरेका हुन् । पुराना पर्यटकीय क्षेत्रको विकाससँगै नयाँ पर्यटकीय गन्तब्यको खोजी गरिएको लमही नगरपालिकाले जनाएको छ । पदमार्गले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्ने लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताउनुभयो । ‘यो पदमार्गले पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पु¥याउने छ । हाइकिङका लागि उत्तम गन्तब्य हुने छ’– उहाँले भन्नुभयो– ‘रोजगार सिर्जनासँगै पर्यटन प्रबद्र्धनमा ध्यान दिएका छौं ।’ लमही नगरपालिकाका उपप्रमुख देवका बेलबासेले पर्यटन प्रवद्र्धन गर्न पदमार्ग उपयोगी हुने बताउनुभयो । पर्यटकलाई मात्र नभई शारीरिक फुर्ती र मानसिक स्वास्थ्यका लागि पनि पदमार्गले सहयोग पु¥याउने देखिन्छ ।
-नयाँ युगबाेध दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार