एक वर्षका लागि रोकियो प्रहरी समायोजन

काठमाडौं । कम्तीमा एक वर्ष नेपाल प्रहरीको समायोजन काम रोकिने भउको छ । चुनाव घोषणा भइसकेकाले समायोजनको काम रोकिएको हो । यअअघि कोरोनाका कारण समायोजन रोकिएको थियो ।

गृह मन्त्रालयले आगामी दुई वर्षभित्र प्रहरी समायोजनको काम गरी कार्ययोजना बनाएको छ । सोमबार मात्रै स्थानीय तहको निर्वाचन मिति तोकिएको छ ।

मंसिरमा संसदीय निर्वाचन हुने सम्भावना रहेको र यो बीचमा समायोजनको काम अघि बढाउँदा शान्ति सुरक्षामा असर पर्ने भएकाले यससम्बन्धि काम अघि नबढ्ने गृह मन्त्रालय स्रोत बताउँछ । यस आधारमा निर्वाचनपछि बन्ने नयाँ सरकारले मात्र प्रहरी समायोजन गर्ने सम्भावना छ ।

समायोजन समयमा नभएको भन्दै प्रदेश सरकारहरुले विरोध गर्दै आएका छन् । मधेस प्रदेशले त यससम्बन्धि संकल्प प्रस्ताव नै पास गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार