आइतबारदेखि मनकामना मन्दिर पनि खुल्ने

काठमाडाैं । कोरोना महामारीको तेस्रो लहरको जोखिम बढेपछि बन्द गरिएको मनकामना मन्दिर खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, गोरखाले आगामी फागुन १ गतेदेखि सबै मठमन्दिर, मस्जिद, गुम्बा, चर्च खोल्ने निर्णय गरेको छ ।

यता, मनकामना दर्शन प्रालिले पनि फागुन १ गतेदेखि मन्दिरमा नियमित पूजाआजा गर्न पाइने जनाएको छ । त्यो दिनबाट केबुलकार पनि सञ्चालनमा ल्याइने बताइएको छ ।

जिल्ला प्रशासनले भने धार्मिक स्थलहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा गर्न छुट दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार