घाेराही । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान भएकाे छ ।
संस्थाको चुनावमा विभिन्न पार्टी बिच गठबन्धन भएर संयुक्त प्यानल बनेकाे छ भने निर्वाचनका लागि लोकतान्त्रिक प्रगतिशिल प्यानल बनाएर नेकपा एमाले एक्लै मैदानमा उत्रिएको छ ।
लोकतान्त्रिक संयुक्त प्यानल गठबन्धनको तर्फबाट नेतृत्व जंगबहादुर चौधरीले गर्दै छन भने लोकतान्त्रिक प्रगतिशिल प्यानल (नेकपा एमाले)को तर्फबाट सनमकुमार पौडेलले नेतृत्व गरेका छन ।
(संयुक्त प्यानल)बाट उपाध्यक्षमा सीतादेवि चौधरी, सचिवमा बसन्त आचार्य, कोषाध्यक्षमा बासु गौतम, सदस्यमा किरण चौधरी, ज्ञानेन्द्र स्वर्णकार, शिवा चौधरी, सीता खत्री पोख्रेल, जगनारायण चौधरीले रहेका छन ।
लोकतान्त्रिक प्यानल (नेकपा एमाले) बाट उपाध्यक्षमा श्यामकला भुसाल, सचिवमा दशरथ घिमिरे, कोषाध्यक्षमा देवमणी चौधरी, महिला सदस्यमा बिमला डाँगी, सरस्वती पुन मगर, धनमाया चौधरी, श्रीधर पौडेल, पप्पु डाँगी रहेका छन ।