घोराही क्रिकेट मैदानमा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता हुने

दाङ । दाङमा सर्वाधिक पुरस्कार राशीको क्रिकेट लिग टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।

दाङ जिल्ला क्रिकेट संघको बुधवार बसेको कार्य समिति बैठकले चैतको तेस्रो सातामा दाङ क्रिकेट लिग आयोजना गर्ने निर्णय गरेको हो ।

घोराही क्रिकेट मैदानमा हुने प्रतियोगितामा पहिलो संस्करणमा ५ टिमलाई सहभागी गराउने निर्णय भएको अध्यक्ष प्रदीप मजगैयाँले जानकारी दिए । ५ टिमका खेलाडीहरूको छनोट अक्सनबाट गरिने पनि उनले बताए ।

दाङमा क्रिकेटको विकासका लागि यो लिग गर्ने निर्णय गरिएको अध्यक्ष मजगैयाँको भनाइ रहेको छ । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कार पनि प्राप्त गर्ने बताइएको छ । प्रतियोगिताका लागि घोराही मैदानमा ३ वटा नयाँ पिच पनि निर्माण गरिने छ ।

प्रतियोगिता चैतको तेस्रो सातादेखि गर्ने योजना बनाए पनि कोरोना महामारीको प्रभावका कारण मिति केही तल–माथि हुनसक्ने भएको छ । प्रतियोगिता तयारीका लागि सचिव सञ्जु केसीको संयोजकत्वमा ५ सदस्यीय तयारी समिति समेत गठन गरिएको संघले जनाएको छ ।
-गाेरक्ष दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार