बाक्लो हिउँले हरिया डाँडा सेताम्मे

काठमाडाैं । हिजो साँझदेखि परेको लगतारको वर्षाका कारण राजधानी काठमाडौं वरिपरिका डाँडा हिउँले सेताम्मे भएको छ । रातभर परेको पानीका कारण फुलचोकी, नगरकोट, चन्द्रागिरी र शिवपुरीमा बाक्लो हिउँ परेको छ ।

पश्चिमी वायुका कारण अस्ति रातिदेखि मुलुकको पश्चिम भेगमा वर्षा भएको हो । आज र भोलि पनि बदली हुने र धेरै ठाउँमा पानी पर्ने बताइएको छ । उच्च हिमाली भेगमा बाक्लो हिमपात हुने जानकारी दिइएको छ ।

हिउँ र वर्षाले मुलुकभर जाडो ह्वात्तै बढेको छ । आगामी आइतबारदेखि मात्रै मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार