पाकिस्तानमा विद्रोही र सेनाबीच भिडन्त, कम्तीमा सात सेनाको मृत्यु

इस्लामावाद। पाकिस्तानको तनाबग्रस्त क्षेत्र मानिएको बालोचिस्तान प्रान्तमा भएको सशस्त्र झडपमा सात पाकिस्तानी सैनिक र कम्तीमा १३ जना आतङ्ककारी मारिएका सेनाले बिहीबार जनाएको छ ।

यद्यपि विद्राहीहरूले लडाईँ अझै जारी रहेको र झडपमा दर्जन बढी सैनिकको मृत्यु भएको दाबी गरेका छन् ।

बालोच विद्रोहीहरूले गत महिना लाहोरको पूर्वमा रहेको ठूलो सहरमा भएको घातक बम विस्फो सहित हालैका हप्ताहरूमा पाकिस्तानी सेनाविरुद्ध आक्रमण बढाएका छन् ।

इरान र अफगानिस्तानसँग सिमाना जोडिएको तेल र ग्यासका लागि धनी मानिएको बालोचिस्तानको नौशकी र पन्जगुर जिल्लामा पाकिस्तानी सेनामाथि बुधबार आक्रमण भएपछि झडप भएको आन्तरिक मन्त्री शेख राशिद अहमदले बताउनुभयो ।

दुई छुट्टाछुट्टै आक्रमणमा जम्मा सात जना सिपाही र १३ जना विद्रोही मारिएको पाकिस्तानी सेनाले पुष्टि गरेको छ । तथापि, विद्रोहीले आफ्नो टेलिग्राम च्यानलमार्फत् दिएको जानकारीमा बालोच लिबरेसन आर्मी ९बीएलए० ले पाकस्तानी सुरक्षाकर्मीको शिविरहरूमा भएको आक्रमणमा दर्जनौं पाकिस्तानी सेनाको हत्या गरेको दाबी गरेको छ ।

बिहीबारको अन्ततिर बीएलएले नौशकीमा सरकारी सेनाहरूमाथि गरिएको आक्रमण ‘सफलतापूर्वक पूरा’ भएको र ‘एक अधिकृतसहित पाकिस्तानी सेनाका कम्तीमा १०० कर्मचारीहरू परेको विद्रोहीले दावी गरेको छ ।

पाकिस्तानका एक वरिष्ठ सैनिक अधिकृतले उक्त दाबीलाई ‘झूटो’ दावी भएको बताए ।

आक्रमणमा बीएलएले आफ्ना नौ जना सदस्यहरूको मृत्यु भएको पुष्टि गरेको छ भने पन्जगुरमा अझै झडप चलिरहेको बताएको छ ।

एक स्थानीय संवाददाताले एएफपीसँग बताएअनुसार प्रहरी र अर्धसैनिक गस्तीलाई लक्षित गरी आक्रमण भएको र आक्रमण पछि मोबाइल फोन तथा नेट पनि बन्द भएको बताए ।

प्रधानमंत्री इमरान खानले ट्विटरमा पाकिस्तान ‘पाकिस्तानी जनताको सुरक्षाको लागि ठूला त्यागहरू गरिरहने हाम्रा सुरक्षा बलको पछाडि सबै एकजुट भएको’ बताउनुभएको छ ।

बालोचिस्तानको केच जिल्लामा जाँचचौकीमा भएको आगलागीमा दस पाकिस्तानी फौजको मृत्यु भएको एक हप्तापछि यो आक्रमण भएको छ ।

बालोचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो, कम जनसंख्या भएको र गरिब प्रान्त हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार