दाङ । नेकपा एमालले तीनजना कार्यपालिका सदस्यलाई कारवाही गरेको छ ।
२०७४ सालको स्थानीयत तहको निर्वाचनमा एमालेबाट निर्वाचित भएपनि अहिले पार्टीको हितविपरित कार्य गरेको भन्दै तुलसीपुर उपमहागनरपालिकाका कार्यपालिका सदस्यहरु जानका रेग्मी, डला परियार र दीपक कुमाललाई कारवाही गरिएको हो ।
एमाले दाङका अध्यक्ष हुकुम बस्नेत र सचिब मनोहर बुढाथोकीले विहीबार एक विज्ञप्ति जारी गरि केन्द्रीय पार्टीले समेत कारवाही गरिसकेको बताएका छन् । उनीहरु तिनै जनाले एमाले विभाजन हुँदा एमाले नै रोजेका थिए ।
तर, पछि समाजवादीमा गएपछि उनीहरुलाई एमालेले कारवाही गरेको हो ।
एमालेले तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यलाई पनि पार्टीमा कारवाही गरेको थियो । तर, त्यो कारवाही भुलबस भएको एमाले दाङले विज्ञप्ति जारी गरि स्पस्ट पारेको छ ।
विज्ञप्तिमा भनिएको छ‘तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया शर्मा आचार्यको नाम उल्लेख भई अन्यथा भएको हुँदा सो भ्रममा नपर्न सबैमा अपिल गर्दछौं ।’ आचार्य निरन्तर रुपमा एमालेमा संक्रिय भएर लागेकीछन् ।