दशरथ रंगशाला अगाडि खेलाडीको प्रदर्शन

काठमाडौं । खेलाडीहरुले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला अगाडि प्रदर्शन गरेका छन् । खेलकुद परिषद्का सदस्य सचिव पद रिक्त रहेका कारण उत्पन्न समस्या समाधानको माग गर्दै खेलाडीहरूले प्रदर्शन गरेका हुन् ।

खेलकुद परिषदमा सदस्य सचिवको नेतृत्व नभएपछि आफ्नो दैनिक अभ्यास र प्रशिक्षणमा समेत असर परेको भन्दै खेलाडीहरू सडकमा उत्रिएका हुन् ।

बिहीबार खेलाडीहरु ‘खेलकुदलाई अनिर्णयको बन्दी गर्न पाइँदैन’, नेतृत्व विवादको बहानामा खेलकुद क्षेत्र ठप्प गर्न पाइँदैन’जस्ता प्लेकार्ड बोकेर सडकमा उत्रिएका थिए ।

राजनीतिक खिचातानीका कारण केही महिनायता परिषदमा सदस्य सचिव नियुक्त हुन सकेको छैन । सदस्य सविव नियुक्त हुन नसक्दा खेलकुद क्षेत्रलाई असर भइरहेको उनीहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार