अनलाईन नेटवर्किङ व्यवसाय: दाङमा तीन जना पक्राउ

घाेराही । अनलाइन नेटवर्कीङबाट १७ हजार रुपैयाँ ठगी गरेको भन्दै दाङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

एक जनाले प्रहरीमा उजुरी दिएपछि सोही आधारमा तीन जालाई पक्राउ गरेको दाङ प्रहरीले जनाएकाे छ ।

दाङ प्रहरीका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेलेका अनुसार तीन जनालाई सोमबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिएको छैन ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

पछिल्लो समय दाङमा पनि हाईपर, इन्स भिडियो पुस, ब्लक यरिया, साफिर लगायतका नेटवर्क मार्फत पैसा लगानी गर्नेहरु बढ्दै गएका छन् ।

निश्चित रकम जम्मा गरे दैनिक निश्चित डलर आउने भन्दै पछिल्लो समय त्यसतर्फ पैसा लगानी गर्नेको संख्या निकै धेरै रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार