निजीले स्कूलमै पढाउने, सरकारी विद्यालय बन्द

दाङ । माघ मसान्तसम्म विद्यालयहरु बन्द गर्न सरकारले गरेकाे निर्देशन दाङका विद्यालयले अटेरी गरेका छन । दाङ जिल्लामा भने आधा जति विद्यालयमा पूर्ववतरुपमा भौतिक उपस्थितिबीच पठन–पाठन भइरहेकाे छ भने आधा जति विद्यालयहरु बन्द छन् ।

सरकारले चालु सातालाई विद्यार्थी खोप अभियानका रुपमा चलाइरहँदा विद्यालयमा पठाइभइरहेकाे छ । घोराही उपमहानगरपालिका–१० नारायणपुरका अधिकांश निजी विद्यालयहरु सञ्चालन भइरहेका छन् तर सामुदायिक विद्यालयहरु भने बन्द छन् ।

विद्यार्थीहरुलाई पनि खोप लगाइसकेकाले विद्यालय भौतिक उपस्थितिबीच सञ्चालन गरेको निजी विद्यालयहरुले बताएका छन् यद्यपि करिब आधा बढी विद्यार्थी खोप लगाउने उमेर समूहमा पर्दैनन् र लगाएका पनि छैनन् ।

घाेराही र तुलसीपुर उपमहानगरपालिकाबाहेक पश्चिम दाङका शान्तिनगर, दंगीशरण र बबई गाउँपालिकामा पनि यस्तै छ । देउखुरीमा पनि कतै विद्यालयहरु सञ्चालन भएका छन् भने कतै बन्द छन् ।

सरकारले सिएमसीको सिफारिसमा माघ मसान्तसम्म विद्यालयहरु भौतिक उपस्थितिबीच सञ्चालन नगर्न निर्देशन जारी गरेसँगै जिल्ला प्रशासन कार्यालय दाङले पनि यस्तै प्रकृतिको सूचना जारी गरेको थियाे । सूचनामा विद्यालयमा भौतिक उपस्थितिबीच पठन–पाठन नगर्न निर्देशन दिइएको छ । तर विद्यालय खुलिरहँदा स्थानीय सरकारहरुलाइ मतलबै छैन ।

मंगलवार घोराहीका अधिकांश विद्यालय र तुलसीपुर उपमहानगरपालिकामा पनि केही विद्यालयहरु र देउखुरीमा पनि केही विद्यालयहरू भौतिक उपस्थितिबीच सञ्चालनमा आए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार