लेखा र राजस्व समूहबाट १४ जना उपसचिवमा बढुवा सिफारिस

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा र राजस्व समूहबाट १४ जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको छ।

बढुवा समितिको मंगलबारको बैठकले जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरेको हो । यसअघि सोमबारको बैठकले सामान्य प्रशासन समूहका ३० जनालाई उपसचिवमा बढुवा सिफारिस गरेको थियो ।

बढुवा सिफारिस हुनेमा राजस्व समूहबाट बढुवा सिफारिसमा पर्नेमा अनिलप्रसाद श्रेष्ठ, खगेन्द्र खड्का र टीकाराम गैरे रहेका छन् ।

यस्तै लेखा समूहबाट विनोद भट्टराई, नारायणप्रसाद दाहाल, हरिहर आचार्य, खिमप्रसाद अर्याल, श्रीराम दाहाल, रामभक्त रानाभाट, ध्यानकुमार राई, धर्मभक्त बस्याल, बद्रिप्रसाद अर्याल, शरणहरि लुईँटेल र तीर्थराज ओझा पनि उपसचिवमा बढुवा सिफारिस भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार