शारीरिक व्यायामले तौल घट्छ ?

काठमाडौं । मानिसहरूले तौल घटाउनको लागि धेरै नै मेहनत गर्नुपर्ने हुन्छ । आफ्नो नियमित पछ्याइरहेको जीवनशैली सुधार गने सोच आउने बित्तिकै शुरु गर्ने भनेको शारीरिक व्यायाम हो । प्रायजसो मानिस आफूले शारीरिक व्यायाम गर्दा, धेरै पसिना बगाउँदा पनि थोरै समयमा धेरै तौल नघटेको अनुभव गर्छन् । पहिलो कुरा त व्यायामले स्वास्थ्यसम्बन्धी धेरै फाइदा हुन्छ । व्यायामले पुरानो रोगबाट मुक्ति दिने मात्र होइन मृत्युको जोखिमलाई समेत कम गर्छ । तौल घटाउनका लागि व्यायाम कहिलेकाहीँ कम प्रभावकारी भने हुन सक्छ । त्यसैले मानिसले कसरी व्यायामलाई तौल व्यवस्थापन गर्ने योजनामा समावेश गर्ने भन्ने कुरामा ध्यान दिनु पर्छ।

क्यालोरी घट्ने सक्छ
नियमित रूपमा सक्रिय हुनु र व्यायामका गतिविधिहरूमा भाग लिनु भनेको दिनभरि शरीरमा थपिने थप ऊर्जाहरू खर्च गर्ने तरिका हो । जसलाई थप क्यालोरी नष्ट गर्ने भनिन्छ । गतिविधि ट्रयाकरहरु र फिटनेस घडीले व्यायाम गर्दाको समयमा मात्र नष्ट भएको क्यालोरीको मात्रालाई मात्र ध्यान दिएको देखाउने हुन सक्छ । व्यायामले शरीरको तौललाई सार्थक रूपमा घटाउन नसक्नुको कारण मध्येको एक हो दैनिक बानी । किनभने मानिस व्यायाममा भाग लिन्छन् र बाँकी समय व्यायाम नगर्दा जे पनि खाने धेरै आराम गर्नेतिर लाग्छन् । यसले वजन घटाउने लक्ष्य प्राप्त नहुन सक्छ । कोही कोहीको त बढी खाने बानी नै हुन्छ । त्यस्तै व्यायाम गरेपछि थप गुलियो पदार्थ खाने बानी हुन्छ । यसो गर्दा शरीरमा क्यालोरीको मात्रा थप बढ्न जान्छ । अध्ययनले पनि एक समय शारीरिक कसरत र व्यायाममा सहभागी भएपछि बाँकी समय निष्क्रिय भएर बस्नेको सङ्ख्या धेरै रहेको देखाउँछ ।

आहारमा परिवर्तन
अध्ययनहरूले व्यायामसँगै आहार परिवर्तनलाई तौल घटाउने कुशल रणनीति हो । यसले गर्दा समयसँगै बिस्तारै वजन घट्दै जान्छ । यदि जिम जान, फिटनेसका लागि समय छैन भने आफ्नो खानामा थोरै क्यालोरी घटाउन सकिन्छ । यदि खाना खाने कुरामा अनुशासित नहुने तर अन्य समयमा भन्दा बढी हिँड्ने हो भने तौल घट्नमा कुनै सहयोग पुग्दैन । खानाको मात्रा घटाउँदा केही समय गाह्रो हुनसक्छ । तर हप्ता र महिना बित्दै जाँदा यो विधि प्रभावकारी हुँदै जान्छ ।

शक्ति प्रशिक्षण
शक्ति प्रशिक्षण तौल कम गर्न व्यायामको एक प्रभावकारी रूप हो जसले तौल घटाउने प्रक्रियामा सुधार गर्न सक्छ । यदि कोही व्यक्ति अति मोटो छ भने दुब्लाउनु जरुरी हुनसक्छ । तर मोटोपनसँगै शरीरमा शक्तिको अवस्था कस्तो छ मापन गर्नुपर्ने हुन्छ । व्यायामले मांसपेशीको तन्तु जोगाउने, हड्डीलाई बलियो बनाउनेलगायत काम गर्छ । त्यसो गर्दा उमेर बढ्दै जाँदा चाँडै कमजोर हुने सम्भावना न्यून हुन्छ । तर व्यायामचाहिँ ठिक तरिकाले गर्नुपर्छ ।

त्यसोभए के तौल घटाउन कै लागि व्यायाम गर्नु व्यर्थ हो त ? पक्कै पनि होइन । व्यायाम तौल घटाउन प्रभावकारी जीवनशैली परिमार्जन हो । व्यायामले शरीर स्वस्थ रहन ठूलो भूमिका खेल्छ । त्यसैले तौल घटाउनको लागि मात्र व्यायाम भनेर सोच्नु हुँदैन । स्वस्थ भएर बाच्नका लागि व्यायाम भन्ने धारणा राख्नुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार