लुम्बिनीमा बजेट खर्चको अवस्था निराशाजनक

बुटवल । लुम्बिनी प्रदेशमा पाँच दलको गठबन्धन बने पनि प्रदेश सरकारको बजेट खर्चको अवस्था भने निराशाजनक देखिएको छ ।

पूर्ववर्ती सरकारको भन्दा पनि यस वर्ष सरकारको बजेट खर्चको अनुुपात झन् कम हुन पुगेको हो । गत वर्षको सोही अवधिको पूँजीगत खर्चको तुलनामा यो वर्ष खर्च दर करिब पाँच प्रतिशत कम भएको छ तर प्रदेश सरकारले अब भने बजेट खर्चले गति लिने दाबी गरेको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि कुल ४० अर्ब ९५ करोड ९७ लाख बजेट तर्जुमा गरेकोमा आर्थिक वर्षको ६ महिना सकिदा विकास बजेटको खर्चदर जम्मा १२ प्रतिशत मात्रै भएको हो ।

चालु आर्थिक वर्ष २०७८÷२०७९ को छ महिनामा लुम्बिनी प्रदेश सरकारले कुल बजेटतर्फ जम्मा १५ दशमलव ४६ प्रतिशत बजेट खर्च गर्न सकेको छ । पूँजीगततर्फको २२ अर्ब ४७ करोड १५ लाख बजेटमध्ये चालु वर्षका छ महिनामा जम्मा दुई अर्ब ८४ करोड ९३ लाख अर्थात १२ दशमलव ६८ प्रतिशत रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख दीपक ज्ञवालीले बताउनुभयो । त्यसमध्ये पुस मसान्तसम्म जम्मा छ अर्ब ३३ करोड ११ लाख रुपैयाँ बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय बुटवलले जनाएको छ ।

चालुतर्फको १८ अर्ब ४८ करोड ८१ लाख बजेटमध्ये पुस मसान्तसम्म तीन अर्ब ४८ करोड १७ लाख अर्थात् १८ दशमलव ८३ प्रतिशत खर्च भएको छ । वर्षमा दुई÷दुई पटक बजेट ल्याउने परिस्थिति सिर्जना हुँदा पनि समयमै बजेट कार्यान्वयनमा जान नपाएकाले खर्चदर कम देखिएको लेखा नियन्त्रक ज्ञवालीले बताउनुभयो ।

प्रदेश सरकारले विगतको सरकारले ल्याएको बजेट कार्यान्वयन नगर्ने भन्ने मान्यताले केही महिना अलमल भएको र त्यसपछि आफूहरुले ल्याएको बजेट कार्यान्वयन गर्दा ढिलाइ भएको सरकारका प्रवक्ता तथा आन्तरिक एवं सञ्चार मन्त्री तिलकराम शर्माले बताउनुभयो । प्रदेशमा गठबन्धन सरकार बनेस“गै मन्त्रालय टुत्र्mयाएर १२ पु¥याइएको छ । तर कुनै पनि मन्त्रालयको बजेट खर्च दर सन्तोषजनक नहुुनुले सरकारको काम कारवाही प्रभावकारी नभएको गुनासो बढ्दै गएको छ ।
-नयाँ युगबाेध दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार