माघ मसान्तसम्म सिनेमा हल बन्द

काठमाडौं । माघ मसान्तसम्म सिनेमा हल बन्द हुने भएका छन् । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले भीडभाड हुने क्षेत्रलाई माघ मसान्तसम्म सञ्चालनमा रोक लगाउन सिफारिस गरसँगै सिनेमा हल पनि परेको हो ।

यसअघि माघ १५ गते गतेसम्म फिल्म हल बन्द गर्न सिफारिस गरिएको थियो । सिसिएमसीले फिल्म हल, डान्सबार, दोहोरी, नाचघरजस्ता भिड हुने क्षेत्रलाई माघ मसान्तसम्म सञ्चालनमा रोक लगाउन सिफारिस गरेको छ ।

यसअघि माघ १५ गतेसम्म यी क्षेत्रहरूलाई बन्द गरिएकोमा संक्रमणको जोखिम कायमै रहेकाले माघ मसान्तसम्म रोक लगाउन सिफारिस गरिएको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिएकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार