आजदेखि राप्ती राजमार्ग दैनिक ७ घण्टा बन्द हुने

  पहिलो पेज

 85 पटक हेरिएको

 

घोराही। राप्ती राजमार्ग अन्तर्गत चोरखोलादेखि कपुरकोटसम्मको सडकलाई फराकिलो गर्न आजदेखि माघ २५ गतेसम्म दैनिक ७ घण्टा सडक बन्द गरिने सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

सवारी साधान आवागमन बन्द गरेर सडक विस्तारको काम गरिने कार्यालयका निमित्त प्रमुख इन्जिनियर रिकेश महर्जनले बताए ।

उनका अनुसार आजदेखि दैनिक बिहान ७ देखि ९ बजेसम्म र बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सवारी आवागमन बन्द गरिनेछ ।

त्यस्तै अत्यावश्यक सवारी सधानका लागि भने पैयाँखोर–कपुरकोट डाइभर्सन सडक प्रयोग गर्न कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार