सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आइतबार बिहान ११ बजे बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजे बस्ने गरी बोलाइएको कार्यव्यवस्थाको बैठक स्थगित भएको सभामुख सापकोटाको निजी सचिवालयले जानकारी दिएको छ ।

आजका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएसँगै समितिको बैठक पनि स्थगित भएको हो ।

आज दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधि सभाको बैठक माघ २६ गते बस्ने गरी स्थगित गरिएको शनिबार नै सूचना प्रकाशित भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार