दाङ । भारतसँग जोडिएको सिमावर्ति क्षेत्र दाङको कोइलाबास नाकाबाट अवैध हतियार बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
गढवा गाउँपालिका वडा नम्बर ८ दुर्गा सामुदायिक वन भालुखोला सिमावर्ती क्षेत्रबाट एकनाल भरूवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेशप्रसाद काफ्लेले जानकारी दिए।
सिमावर्ती क्षेत्र भालुखोला जंगलमा नियमित गस्ती पटौलको क्रममा विओपी कोइलाबास सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टका प्रमुख माधवप्रसाद ढुङ्गेललेको कमाण्डमा खटिएको पैदल गस्तीले रूखको फेदमुनि लुकाइछिपाइ राखेको अवैध एकनाल भरुवा बन्दुक अवैध हतियार बरामद गरेको हो ।
सो अवैध हतियार विभिन्न किसिमको चोरीपैठारी, वन्यजन्तुको तस्करी तथा अपराधीक क्रियाकलापमा प्रयोग हुन सक्ने अनुसन्धानले देखाएको छ । बरामद गरिएको अवैध हतियार सिमा प्रहरी चौकी कोइलाबासलाइ बुझाइएको छ ।