महोत्तरीमा एक सय ६० किलो गाँजा बरामद

  पहिलो पेज

 68 पटक हेरिएको


वीरगञ्ज । सशस्त्र प्रहरीले महोत्तरीबाट एक सय ६० किलो गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी र बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको टोलीले गएराति महोत्तरी गाउँपालिका–४ रानी रतवाडाबाट गाँजा बरामद गरेको हो ।
स्थानीय गणेश चौधरीको कुखुरा फर्म पछाडि रहेको परालको टौवामा लुकाएर राखिएको अवस्थामा १६ वटा पोकामा १६० किलो गाँजा फेला परेको सशस्त्र प्रहरी नायब महानिरीक्षक डिआईजी गणेश ठाडामगरले जानकारी दिए ।

बरामद गरिएको गाँजा आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाउने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार