आहा रारा गोल्ड कपःआर्मी क्लब भिड्दै

  पहिलो पेज

 75 पटक हेरिएको


काठमाडौं । आहा रारा गोल्ड कप फुटबल प्रतियोगितामा बिहीबार दोस्रो सेमिफाइनल खेलका लागि मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन् । पोखरा रंगशालामा हुने दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबबिच दिउँसो साढे दुई बजे प्रतिस्पर्धा हुदैंछ ।

आजको विजेता टोली फाइनलमा पुग्नेछ । मनाङले नेपाल पुलिस क्लबलाई पराजित र आर्मीले थ्रीस्टार क्लबलाई पराजित गरी अन्तिम चारमा पुगेका हुन् । आजको विजेताले शनिबार विभागीय टोली नेपाल एपीएफ क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

बुधबार भएको पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लबलाई हराएर एपीएफ उपाधि नजिक पुगेको हो । प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार