बिहेपछि कट्रिनाकाे बिकिनी लुक्स

काठमाडौँ । बलिउड नायिका कट्रिना कैफ विक्की कौशलसँगको बिहेपछि झनै बोल्ड देखिएकी छन्।

विवाहको केहीसमयपछि काममा फर्किएकी उनी माल्दिभ्समा एउटा ब्राण्डको सुटिङमा ब्यस्त छिन्, जसका तस्विरहरु उनले सामाजिक सञ्जालमा शेयर गरिरहेकी छिन् । तस्विरमा उनको बोल्ड स्टाइललाई फ्यानहरुले निकै रुचाएका छन् ।

कट्रिनाले इन्स्टाग्राममा नयाँ तस्विर पोष्ट गरेकी छिन् जसमा उनी नीलो कलरको बिकिनी लगाएकी देखिन्छिन् । उनले बिकिनीमा पारदर्शी शर्ट लगाएकी छिन् । क्यामेराको अगाडि बोल्ड पोज दिएर फ्यानको मुटुको धड्कन बढाएकी उनको तस्बिरलाई निकै लाईक र शेयर मिलेको छ ।

तस्बिर सेयर गर्दै अभिनेत्रीले क्याप्सनमा लेखेकी छन्, ‘सीज द डे । यी तस्विरलाई १ घण्टामा १० लाखभन्दा बढी लाइक प्राप्त भएका छन् । फ्यानहरू कमेन्ट सेक्शनमा उनको प्रशंसा गर्न थाकेका छैनन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार