रेड्मी नोट ११ सार्वजनिक हुँदै

काठमाडौं । साओमीले आउँदो बिहीवार आफ्नो पछिल्लो रेड्मी नोट सिरिज नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । साओमी नेपालले सामाजिक सञ्जालमा एक टिजर पोस्ट गर्दै रेड्मी नोट ११ सार्वजनिक गर्न लागेको जानकारी दिएको हो ।

गत वर्षको अक्टोबरमा चिनियाँ बजारमा सार्वजनिक भएको रेड्मी नोट ११ लाइनअपको तुलनामा केही फरक विशेषतासहित यो सिरिज सार्वजनिक हुन लागेको हो ।

यसैबीच साओमी नेपालले एक ट्वीट गर्दै रेड्मी नोट ११ मा ९० हर्जको फुलएचडी प्लस एमोलेड डट डिस्प्ले हुने जनाएको छ । नयाँ मोडलमा यसअघिको रेड्मी नोट १० फोनको तुलनामा परिमार्जित फिचर रहेका छन् ।

यसअघि सन् २०२१ को अक्टोबरमा रेड्मी नोट ११ फाइभजी, रेड्मी नोट ११ प्रो, रेड्मी नोट ११ प्रो प्लस सार्वजनिक भएको थियो । साथै नोभेम्बरमा रेड्मी नोट ११ फोरजी भेरियन्ट पनि सार्वजनिक भएको थियो ।

रेड्मी नोट ११ मा ६४ मेगापिक्सेलको प्राइमरी सेन्सर, आठ मेगापिक्सेलको अल्ट्रा-वाइड-एंगल सेन्सर, समान दुई मेगा पिक्सेलका अन्य लेन्स छन् । फोनको अगाडि भागमा सेल्फी तथा भिडिओ खिच्न र भिडिओ कल गर्नका लागि १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार