पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता रद्द गर्ने निर्णय

काठमाडौं । पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता रद्द गर्ने निर्णय गरिएको छ ।

पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरेको सम्झौता रद्द गर्नका लागि प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो ।

सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलमा बसेको कोषको बैठकले छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने, छानबिन गरेर आवश्यक कारबाही गर्ने र सम्झौता रद्द गर्नका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको बताइएको छ ।

नियमविपरीत सरकारी सम्पत्तिमाथि हस्तक्षेप गर्नेमाथि कारबाही गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार