दाङमा एकैदिन ८८ जनामा कोरोना संक्रमण पुष्टि

  पहिलो पेज

 71 पटक हेरिएको


दाङ । दाङमा पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १५ जना निको भएका छन् ।

जिल्ला आपतकालिन केन्द्रका अनुसार ५५ जना पिसिआर परीक्षण गर्दा ३१ र ९० जनामा एन्टिजेन गर्दा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दाङमा यो संगै सक्रिय संक्रमित संख्या चार सय ३६ जनामा पुगेको केन्द्रले जनाएको छ । ४२६ जना हामआइसुलेसने, ३ जना अस्पतालमा र ७ जना आईसियुमय छन् ।

जिल्लामा हाल सम्म १० हजार दुई सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी नै हजार छ सय १८ जना निको भएका छन् । दुई सय १९ जनाको मुत्यु भइसकेको केन्द्रले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार