घोराही खानेपानीको अधिवेशन स्थगित

घोराही । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अधिवेशन स्थगित भएको छ ।
अर्को सूचना प्रकाशित नभए सम्मका लागि घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अधिवेशन स्थगित भएको हाे ।

यही माघ २९ गते २२ औं साधारण सभा र आठौं अधिवेशन हुने भनिएको थियो । गृह मन्त्रालयको सूचनाले सबै प्रकृतिका भेला जमघट कार्यक्रम तथा महोत्सवहरु सञ्चालन नगर्ने भनेकाले अधिवेशन स्थगित गरिएको अध्यक्ष देवी बहादुर डिसीले जानकारी दिए ।

संस्थाका अध्यक्ष डिसीका अनुसार आइतबार बसेको संस्थाको बैठकले अधिवेशन स्थगित गर्ने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार