आदित्यले सेयर गरे श्रीमतीसँगको बेबी बम्प

एजेन्सी । नेपाली मूलका भारतीय गायक उदितनारायण झाका छोरा आदित्य नारायण बाबु बन्ने भएका छन् ।

उनले सामाजिक सन्जालमा आफ्नी श्रीमती श्वेतासँगको एउटा तस्वीर सेयर गरेका छन् । अहिले यो तस्वीरको चर्चा निकै बढेको छ ।

सामाजिक सन्जालमा बेबी बम्पको तस्वीर सेयर गरेपछि आदित्यलाई बलिउडका सेलेब्रिटीहरुले बधाई दिएका छन् । कतिपयले चाहिँ उनीहरुको बच्चा छोरा हुने या छोरी हुने भन्नेबारे चर्चा गरेका छन् ।

आदित्य र श्वेताको १ डिसेम्बर २०२० मा विवाह भएको थियो । आदित्यले सामाजिक सन्जालमा सेयर गरेको यो तस्वीरमा चाहिँ उनका प्रशंसकहरुले छोरा हुने दाबी गरेका छन् ।

आदित्यले चाहिँ छोरी पितासँग नजिक हुने भएकाले आफूले छोरी चाहेको उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार