जनगणनाको प्रारम्भिक नतिजा बुधबार सार्वजनिक गरिने

काठमाडौं । राष्ट्रिय योजना आयोगमातहको केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा तयार गरेको छ ।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो ।

नेपालको संविधान २०७२ पछि मुलुकमा भएको पहिलो जनगणनाको प्रारम्भिक नतिजा माघ १२ गते बुधवार भर्चुअल रूपमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार