दाङमा दुईजना फरार प्रतिवादी पक्राउ

  पहिलो पेज

 81 पटक हेरिएको


घोराही । दाङमा दुईजना फरार प्रतिवादी पक्राउ परेका छन । विभिन्न मुद्दामा फरार दुईजनालाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको जनाएको हो ।

लेनदेन मुदामा फरार रहेका घोराही– १० बस्ने बर्ष ४५ का पशुपति आचार्य र लागू औषध मुद्दामा फरार रहेका तुलसीपुर–५ का ३६ बर्षका समिम कुरेसी पक्राउ परेका हुन ।

आचार्यलाई दाङ देउखुरी जिल्ला अदालतले २०७७ साल चैत पाँच गते लेनदेन मुदामा एक बर्ष कैदि सजाए सुनाएको थियो । उनलाई गत आठ गते घोराही १० मा लुकिछिपि बसेको अबस्थामा प्रकाउ गरेको प्रहरी निरीक्षक मोहन जंग बुढाथापाले जानकारी दिएका छन ।

प्रक्राउ परेका आचार्यलाई दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।

त्यसैगरी लागू औषध मुद्दामा फरार रहेका तुलसीपुर–५ का ३६ बर्षका समिम कुरेसी गत ९ गते विहान तुलसीप्ुर ५ बाट पक्राउ परेका छन । लुकिछिपि बसेको अबस्थामा उनि प्रकाउ परेको प्रहरी निरक्षक बुढाथापाले जानकारी दिए । उनलाई २०७७ असार २१ गते ४ बर्ष ५ महीना कैद फैसला भएको थियो ।

प्रहरीले आज उनलाई दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार