५० लाख यताउता गराउने बैंक म्यानेजर समातिए

दाङ । ५० लाख ठगिमा पक्राउ परेका दाङ घोराहीका विकास पुनको मुद्धामा घोराहीको एक बैंक म्यानेजर पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय दाङले अनुसन्धानकाक्रममा घोराहीको मनटावरमा रहेको साङग्रिला डेभलपमेण्ट बैंकका म्यानेजर सुदर्शन बिष्टलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टाेलिले शाखा कार्यालयबाटै म्यानेजर बिष्टलाई समातेको हो । जिल्ला प्रहरी कार्यालय दाङका एसपि सुरेशप्रशाद काफ्लेले बिष्टलाई बिहान कार्यालयबाट पक्राउ गरेर ल्याएको पुष्टि गरे ।

उनले ठगिमा समातीएका पुनको पैसा आदानप्रदान गर्ने कार्यमा बिष्टले सघाउ पुर्याएको अनुसन्धानकोक्रममा देखीएकाले उनलाई पक्राउ गरेको जानकारी दिए । ठुलो रकम स्रोत पुष्टि नगरेर बैंकमार्फत पुनलाई दिएको अनुसन्धानकोक्रममा खुलेकाले बिष्टमाथी थप अनुसन्धान गर्नुपर्ने भएकाले भोलि फेरि उपस्थित हुने गरि आइतबार हाजिरी जमानतमा छाडिएको प्रहरीले जनाएको छ ।

लामो समयदेखि ठगेर फरार रहेका पुनलाई केही दिन अघि मात्रै सिआईबीको प्रहरी टाेलिले काठमाडौंमा पक्राउ गरेपछि दाङ ल्याई हिरासतमा राखेर अनुसन्धान चलिरहेको छ ।

जिल्ला कारसहित राजधानीको सुनधारा क्षेत्रबाट पक्राउ परेका पुनलाई उनकै कारबाट प्रहरीले जिल्ला ल्याएको थियो ।
कपिलबस्तु जिल्लाको बाणगंगा ४ का तिलक थापाले दिएको ठगी मुद्दाको जाहेरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पुनलाई काठमाडौंमा पक्राउ गरेको थियो ।

घोराही उपमहानगरपालिका वडा नं. १५ का पुनका बिरुद्ध कपिलबस्तुका थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै उजुरी दिएका छन् । त्यही जाहेरीका आधारमा पुन पक्राउ परेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार