पर्यटनमन्त्री आले कोरोना संक्रमणमुक्त

 59 पटक हेरिएको

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले कोरोना मुक्त भएका छन् ।

आज गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

‘एक हप्ताको घरमा बसाइ पछि आज मैले पुनः कोरोना परिक्षण गरेको थिए । मैले दोस्रो पटक कोराना भाइरसलाई पराजित गर्न सफल भएको छु,’ मन्त्री आलेले सामाजिक सञ्चालमा लेखेका छन् ।

उनले स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्ण शुभ-चिन्तकहरुमा धन्यवाद सहित हार्दिक आभार ब्यक्त गरेका छन् ।

यसअघि पनि कोरोना संक्रमण भएका आलेले दोस्रो पटक पनि कोरोनालाई पराजित गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार