काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना पोजेटिभ देखिएको छ । शनिबार गरिएको पिसिआर परीक्षणमा पोजिटिभ देखिएको उनको सचिवालयले जनाएको हो ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेको बालकोट स्रोतले जनाएको छ । अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्यलाई पनि पोजेटिभ देखिएको छ ।
पत्रकार सम्मेलन रोकियो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समसमायिक बिषयमा प्रेस बक्तब्य जारी गर्ने भएका छन । अपरान्ह १ बजे पत्रकार सम्मेलनमार्फत धारणा राख्ने भनिए पनि २५ जना भन्दा बढी उपस्थित नहुने सरकारको निर्देशन अनुसार प्रेस बक्तब्य आउन लागेको हो ।
‘पत्रकार सम्मेलन नहुने भयो, अब समसामायिक राजनीतिक बिषयमा अध्यक्षको प्रेस बक्तब्य आउँछ’, केन्द्रीय सदस्य बिष्णु रिजालले भने ।