पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली

 69 पटक हेरिएको

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।

दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा पत्रकार सम्मेलन हुनेछ ।

सम्मेलनमा स्थानीय तह निर्वाचन, प्रधानमन्त्रीको देशवासीको नाममा भएको सम्बोधन र समसामयिक विषयमा एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने पार्टी कार्यालय सचिव डाक्टर भीष्मराज अधिकारीले जानकारी दिए।

निर्वाचन आयोगले माघ ७ भित्र स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न दिएको सुझावलाई सरकारले वेवास्ता गरेपछि एमालेले आपत्ति जनाउदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार