काठमाडौँ । आउँदो अप्रिलदेखि सुरु हुने इन्डिन प्रिमियर लिग क्रिकेट आईपीएलको मेगा अक्सनको लागि नेपालका १५ जना खेलाडीले नाम दर्ता गराएका छन् ।
नाम दर्ताको लागि तोकिएको अन्तिम दिन अस्ति बिहीवारसम्म एक हजार दुई सय १४ जना खेलाडीले नाम दर्ता गराएका थिए।
जसमध्ये ८ सय ९६ भारतीय र ३ सय १८ भारत बाहिरका खेलाडीहरु रहेकाे आईपीएलले जनाएकाे छ । जसमा १५ जना नेपाली खेलाडी रहेका छन् । नाम दर्ता गराएका नेपाली खेलाडीको नाम उल्लेख छैन ।
नेपाल क्रिकेट संघ क्यानले पनि अहिले खेलाडीको नाम सार्वजनिक गर्न नमिल्ने जनाएको छ । आईपीएल खेल्नको लागि सबैभन्दा धेरै अष्ट्रेलियाबाट ५९ जना खेलाडीले नाम दर्ता गराएका छन् ।
खेलाडी किनबेच अर्थात अक्सन आउँदो फेब्रुअरीमा हुनेछ । आईपीएलमा यसपटक लखनउ र अहमदावादका दुई टोली थपिएपछि क्लबको संख्या १० पुगेको छ। हेर्नुहाेस् अक्सनमा नाम दर्ता गराएका भारत बाहेकका खेलाडीहरुकाे देशगत सङ्ख्या :