लागूऔषध मुद्दामा फरार दुई जना पक्राउ

  पहिलो पेज

 88 पटक हेरिएको

दाङ। प्रहरीले लागूऔषध र लेनदेन मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको हो ।

लागूऔषध मुद्दामा फरार रहेका घोराही उपमहानगरपालिका– ३ का ४० वर्षिय टेकबहादुर नेपालीलाई लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

दाङ देउखुरी जिल्ला अदालतले नेपालीलाई २०७८ साल बैशाख १५ गते लागूऔषध मुद्दामा दुई वर्ष कैद सजाय र एक लाख जरिवाना तोकेको थियो । त्यस्तै लेनदेन मुद्दामा फरार घोराही उपमहानगरपालिका वडा नं। ३ मा बस्ने ५३ वर्षिय नैनबहादुर कामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दाङ देउखुरी जिल्ला अदालतले २०७६ साल असार ४ गते लेनदेन मुद्दामा एक वर्ष कैद फैसला भएका कामीलाई प्रहरीले लुकिछुपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ गरिएका दुवै जनालाई शुक्रबार दाङ देउखुरी जिल्ला अदालत घोराहीमा बुझाइएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार