मोरङमा ट्रक चालकको कान काटेर दुई युवक फरार

मोरङ । मोरङमा चिसो छल्न बालिएको आगो ताप्ने क्रममा विवाद भएपछि दुई युवकले एक ट्रक चालकको कान काटेर फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिहीबार राति सुन्दरहरैंचा नगरपालिका–१२ विराटचोकमा आगो ताप्ने क्रममा भएको विवादमा झगडा हुँदा दुई युवाले एक ट्रक चालकको कान काटेर फरार भएका हुन् ।

उर्लाबारी नगरपालिका ७ का ५२ वर्षीय बोधविक्रम मुखियाको देब्रे कान काटिएको हो । उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

क्रममा कान काटेर फरार भएका व्यक्तिहरुको खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार