अस्ट्रेलियामा खोप लगाउन नमान्नेलाई ३६ सय डलर जरिवाना

सिड्नी। अस्ट्रेलिया सरकारले खोप लगाउन नमान्ने व्यक्तिलाई तीन हजार ६०० डलर जरिवाना लगाउने भएको छ।

सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही १ फेब्रुबरीदेखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो।

त्यहाँ अहिलेसम्म ७२ प्रतिशत अस्ट्रेलियालीले कोभिडविरुद्ध पूर्ण खोप लगाएका छन्।

सबै नागरिकले अनिवार्य खोप लगाउनुपर्ने विद्येयक तल्लो सदनबाट पारित भइसकेको छ। माथिल्लो सदनबाट पारित भएपछि राष्ट्रपतिले हस्ताक्षर गरेपछि विद्येयकले कानूनको रुप लिनेछ।

खोप आदेश सन् २०२४ को जनवरीसम्म लागू हुनेछ। त्यसका लागि सरकारले एक अर्ब ४० करोड डलर खर्च लाग्नेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार