रक्सी पिएर डाङ्गडुङ्ग गर्ने मेजर बर्खास्त

काठमाडाैं । स्थानीयसँग झगडा गरेका नेपाली सेनाका मेजरको जागिर खोसिएको छ । कर्णाली चिसापानीमा स्थानीयसँग विवाद गरेका अशोक शाहीलाई सेनाले सेवाबाट हटाएको हो ।

गत कार्तिक २१ गते राति रक्सी खाएर चिसापानीमा स्थानीयसँग झगडा गरेपछि शाही विवादमा तानिएका थिए । लामो छानबिन र अनुसन्धानपछि शाही दोषी देखिएका हुन् ।

सुदूरपश्चिम तालिम शिक्षालयमा कार्यरत उनलाई सैनिक आचरणविपरीत काम गरेको ठहर गर्दै सैनिक अदालत (कोर्ट मार्शल) ले सेवाबाट हटाउने फैसला गरेको हो । पछिल्लो पटक गत २१ कात्तिकमा उनले मादकपदार्थ सेवन गरी ब्यारेकबाट निस्किएर स्थानीय युवासँग झगडा गरेका थिए ।

कैलालीको चिसापानीस्थित होटल संगममा शाही र होटल सञ्चालक तथा त्यहाँ रक्सी खाइरहेका अन्य युवाबीच झगडा भएको थियो । उनले शुरुमा ग्राहकसँग झगडा गरेका थिए । त्यसपछि ब्यारेक फर्किएर हतियारसहित पुनः विवाद गर्न गएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार