बढ्यो सुनको भाउ

काठमाडौँ । आज सुनको भाउ ह्वात्तै बढेको छ । बुधबार प्रतितोला १०० रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन बुधबार प्रतितोला रु ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कनुसार आज तेजाबी सुनको मूल्य पनि बढेको छ। आज तेजावी सुन प्रतितोला रु ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुन प्रतितोला रु ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला रु १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार