रहेनन् विश्वका सबैभन्दा जेष्ठ व्यक्ति

 67 पटक हेरिएको

एजेन्सी । विश्वकै सबैभन्दा पाका पुरुष स्पानियार्ड सातुर्निनो डि ला फ्ल्युटी ग्रार्सियाको मृत्यु भएको छ । उनको ११२ वर्ष ३४१ दिनमा मृत्यु भएको गिनिजि वर्ल्ड रेकर्डले जनाएको छ । उनी ११२ वर्ष २११ दिन पुरा भएपछि विश्वकै सबैभन्दा जेष्ठ व्यक्ति घोषित भएका थिए । उनले अर्को महिना आफ्नो ११३औँ जन्मदिन मनाउने योजना बनाइरहेका थिए ।

चार फिट नौ इन्च अग्ला स्पानिर्याडको जन्म सन् १९०९ को फेब्रुवरीमा पोन्टे कास्ट्रोको लियोनमा भएको थियो । उनी पेसाले जुत्ता व्यापारी थिए । उनका सात छोराछोरी, १४ नातिनातिना र २२ पनाति छन् ।

गिनिजि वर्ल्ड रेकर्डका अनुसार जीन लुइस कालमेन्ट अहिलेसम्म रेकर्ड भएकामध्ये सबैभन्दा बढी समय बाँच्ने व्यक्ति हुन् । उनको १२२ वर्षको उमेरमा मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार