६३ जिल्लासहित दुई विशेष क्षेत्रमा एमालेकाे नयाँ नेतृत्व

काठमाडौँ । नेकपा (एमाले)ले ६३ जिल्ला अधिवशेन र दुई विशेष जिल्ला अधिवेशनहरुमा नयाँ नेतृत्व चयन भएका छन् ।

एमालेका अनुसार बाँकी जिल्लाहरुमध्ये पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगुमा नेतृत्व चयनको प्रक्रियामा भइरहेको छ।

यस्तै, धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी नौ जिल्लामा अधिवेशनका मितिहरु कोभिङ–१९ महामारीको संक्रमणलाई ध्यानमा राखी तय गरिने एमालेले जनाएको छ।

त्यसैगरी, विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरु पनि पछि आयोजना गरिने बताइएको छ।

हेर्नुहोस् सूची:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार