लागुऔषध ब्राउन सुगर सेवन गरीरहेका वडा अध्यक्षसहित तिन जना पक्राउ

  पहिलो पेज

 81 पटक हेरिएको


दाङ । बाँकेमा एक वडा अध्यक्ष लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । वडा अध्यक्षसहित अन्य तीन जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिकाका(३ का वडा अध्यक्ष रामशरण थारू, सुरज थारू, ध्रुव थारू र सुन्दर थारू रहेका छन् । प्रारम्भिक अनुसन्धानमा चारै जना लागुऔषध प्रयोगकर्ता रहेको पाइएको प्रहरीले बताएको छ ।

ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा प्रहरी पुग्दा उनीहरूले लागुऔषध भुइँमा फालेकाले कति मात्रामा ब्राउन सुगर थियो भन्ने यकिन नभएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार