काठमाडाैं । अहिले अत्यधिक जाडो बढेकाले धेरैजना रुघाखोकी र ज्वरो आएर लडिरहेका छन् ।
त्यसमाथि कोरोनाको ओमिक्रोन भैरिएन्ट पनि देखिएकाले मानिसहरूको स्वास्थ्यस्थिति कमजोर छ ।
यस्तो बेलामा स्टीम वा बाफ लिनु लाभदायक हुन्छ । बाफ लिँदा रुघाखोकीबाट आराम पुग्छ र छालाका प्वालहरू पनि सफा हुन्छन् ।
रुघा लाग्दा नाकका रक्तनलीहरू फुलेर नाक बन्द हुन्छ । अत्यधिक चिसोमा रक्तनलीले बढी समस्या बेहोर्नुपर्छ । बाफ लिनुभएमा रक्तनलीले आराम पाउँछ । यसले खकारलाई पातलो बनाएर सही तरिकाले सास लिन सहायता गर्छ ।
बाफ लिँदा खोकीको समस्याबाट पनि मुक्ति पाइन्छ ।
यसले तनाव समेत घटाउँछ । तनाव घटाउनका लागि दिनदिनै बाफ लिएको राम्रो हुन्छ ।
बाफ लिँदा शरीरको तापक्रम बढ्न थाल्छ । उसले रक्तनलीलाई फैलाउँछ । रक्तप्रवाहमा सुधार आउँदा टाउको दुख्ने र माइग्रेन हुने समस्या हराउँछ ।
छालाको प्वालमा धूलो, माटो, फोहर र दूषित हावाले फोहर बनाइदिन्छ । परिणामस्वरूप, छालामा समस्या आउँछ । बाफ लिनुभएमा यस् समस्याबाट मुक्ति पाइन्छ । प्वाल भित्रसम्म सफा भएर अनुहार चम्किन थाल्छ ।
-एजेन्सी