ओमिक्रोन भेरियन्ट: यस्ता देखिन्छन् लक्षणहरू ?

  पहिलो पेज

 129 पटक हेरिएको


काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन विश्वभरि द्रुत गतिमा फैलिरहेको छ। मानिसहरू कस्ता लक्षणलाई लिएर सावधान हुनुपर्छ विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले अझै पनि मानिसहरूले कोभिडका आधारभूत लक्षणहरूबारे ध्यान दिनुपर्ने बताएको छ।

–निरन्तरको खोकी –ज्वरो–उच्च तापक्रम –स्वाद वा गन्ध परिवर्तन हुने वा हराउने

तर अनुसन्धानकर्ताहरू कतिपय व्यक्तिले ‘एकदम नराम्रो चिसो लागेको जस्तो महसुस गर्नसक्ने’ बताउँछन्। यूकेको तथ्याङ्कअनुसार अहिलेसम्म ओमिक्रोन भेरिअन्टका प्रमुख पाँच लक्षण यस्ता छन्ः

–नाकबाट पानी बग्ने –टाउको दुख्ने –शरीर गल्ने मध्यम वा गम्भीर स्तरको –हाच्छिउँ –घाँटी दुख्ने

यदि तपाईँलाई कोभिड भए जस्तो लाग्यो भने परीक्षण गराउनु महत्त्वपूर्ण छ। गम्भीर बिरामी भएका व्यक्तिहरूले अरूलाई पनि जोखिममा पार्न सक्छन्।

के ज्वरो देखापर्नु भनेको कोरोनाभाइरस हो ?

उच्च तापक्रम भनेको ३७ दशमलव ८ डिग्री सेल्सियस वा त्यो भन्दा माथि हो। यस्तो ज्वरो कोरोनाभाइरस मात्र नभई शरीरले कुनै पनि सङ्क्रमणसँग जुझिरहँदा पनि आउनसक्छ।

थर्मामिटर प्रयोग गर्नु एकदमै उपयुक्त हो। तर यदि तपाईँसँग छैन भने आफूले वा तपाईँ चिन्तित भएको व्यक्तिले छाती वा पछाडि छुँदा तातो महसुस गर्छन् कि गर्दैनन् भनेर जाँच्नुहोस्।

चिसो लाग्दा ज्वरो आउने सम्भावना कम हुन्छ।ज्वरो आएपछि कोरोनाभाइरस परीक्षण गराउनुहोस्।

खोकी लक्षण हो ?

यदि तपाईँलाई चिसो लागेको छ वा फ्लु भएको छ भने तपाईँलाई खोकी लाग्ने र अरू लक्षण देखा पर्न सक्छ।

फ्लु अकस्मात् देखापर्छ र यसबाट ग्रस्त हुने व्यक्तिहरूको जीउ दुख्ने, टाउको दुख्ने, शरीर गल्ने र नाकबाट पानी बग्ने अनि खोकी आउने सहितका लक्षण देखिन्छ। एकदमै चिसो लागेको भन्दा खराब महसुस हुन्छ।

चिसो बिस्तारै विकास हुँदै जान्छ र यो कम घातक हुन्छ। तर पनि यसले तपाईँलाई असहज बनाउन सक्छ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार